२०८३ जेष्ठ ३० गते , शनिबार

रोजगारी खोज्ने र दिनेहरूका लागि रोजगार मेला लाग्दै

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ २८ गते , विहीबार
रोजगारी खोज्ने र दिनेहरूका लागि रोजगार मेला लाग्दै

बिर्तामोड । झापाको बिर्तामोडमा रोजगार मेला लाग्ने भएको छ । रोजगारी खोज्दै गरेका र रोजगार दिने संस्थाको सहजताका लागि जेठ ३० र ३१ गते मेला आयोजना गरिएको हो । मेला बिर्तामोडस्थित अतिथि सदनको हलमा लाग्नेछ ।
मेलामा २५ वटा स्टल रहने सहजकर्ता सेवक बजगाईंले जानकारी दिए । मेलामा १८ देखि ५९ वर्ष सम्मका दक्ष, अर्ध दक्ष र अदक्ष मानिसहरूले भ्रमण गर्न सक्ने आयोजकले जनाएको छ।  मेलामा दुई हजार जनाले भ्रमण गर्ने र दुई सय जनाले रोजगार पाउने लक्ष लिएको बताइएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघसँगको सहकार्यमा बिर्तामोड नगरपालिकाले मेला आयोजना गरेको हो ।
आफूलाई आवश्यक परेको सीपयुक्त मानिस नभेटिने तर बेरोजगारको संख्या जताततै भेटिने गरेको अवस्थामा रोजगार मेलाले ती दुवै पक्षलाई कनेक्टिभिटीको काम गर्न सक्ने बताए । उनले त्यो कनेक्टिभिटीको वातावरण अरु बेलापनि नगरपालिकाले बनाउनु पर्नेमा जोड दिए ।
उपयुक्त प्ल्याटफर्म नहुँदा रोजगारी खोज्ने र दिनेले उपयुक्त रोजगारी र कामदार नपाउने अवस्था रहेको अवस्थामा मेला फलदायी हुने बिर्तामोड उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष राजु न्यौपानेले बताए ।
बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले यो मेला जीवनयापनसग सम्बन्धित रहेको बताए । उनले मेलामार्फत आफ्ना क्षमता अनुसारको रोजगारी पाउन सकिने बताए। 
शिक्षा शाखाका प्रमुख तिलचन भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रेस संयोजक रमेश तिवारीले गरेका थिए । 

सम्बन्धित समाचार