नेपाल–भारतको सीमासम्बन्धि संयुक्त बैठक बिर्तामोडमा सम्पन्न
बिर्तामोड । नेपाल र भारतका अधिकारीहरुबीच सीमासम्बन्धी संयुक्त बैठक झापाको बिर्तामोडमा सम्पन्न भएको छ । दुई देशका अधिकारीहरु बिचको संयुक्त बैठक आज बिर्तामोडको होटल किङ्सबेरीमा सम्पन्न भएको हो ।
बैठकमा पूर्वी नेपालको झापा ,इलाम , पाँचथर र ताप्लेजुङको भारतसंग जोडिएको सीमाका बारेमा छलफल भएको थियो । सीमामा रहेका पिल्लरहरु के कति भत्किएका छन् र के कति मर्मत भएका छन् भन्ने विषयमा दुवै देशका अधिकारीहरुले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
फिल्डमा खटिएका टीमहरुले ३ महिनाको अवधिमा निर्माण र मर्मत गरेका पिल्लरका बारेमा बैठकमा विवरण प्रस्तुत गरिएको कार्यक्रममा सहभागी एक सुरक्षा अधिकारीले बताए । सीमामा रहेका पिल्लरहरुको मर्मत र निर्माणका विषयमा बैठकमा प्रगति प्रतिवेदन पेश गरिएको नापी विभागका प्रमुख नापी अधिकृत हरेराम यादवले बताए । सीमा स्तम्भ मर्मतका विषयमा नियमित रुपमा यस किसिमको संयुक्त बैठक बस्दै आएको छ ।
नापी विभाग सीमा शाखा काठमाडौको आयोजनामा बैठक सम्पन्न भएको हो ।
बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सहायक प्रमुख जिल्ला अधिकारीहरु तेजप्रकाश प्रसाई , अन्जन न्यौपाने, झापा जिल्लाका नापी अधिकृत शिवप्रसाद लम्साल, झापाका डिभिजन वन अधिकृत नथुनी गोहीयारी यादव, सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी, झापाका प्रहरी उपरीक्षक वसुन्धरा खड्का, इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, इलामका प्रहरी उपरीक्षक कुलदीप चन्द, इलामका सशस्त्र प्रहरी नायव उपरीक्षक हेम पौडेल, इलामका डिभिजन वन अधिकृत राजकुमार खत्री, इलामका सहायक अनुसन्धान अधिकृत सुशान्त बराल, इलामका सशस्त्र प्रहरी उपरीक्षक केशवराज प्याकुरेल, ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराई, ताप्लेजुङका कार्यवाहक डिभिजन वन अधिकृत ललितकुमार यादव, ताप्लेजुङका प्रहरी नायव उपरीक्षक उमेश जोशी , ताप्लेजुङका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठक, पाँचथरका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, पाँचथरका प्रमुख अनुसन्धान अधिकृत दुर्गाप्रसाद चापागाईं, पाँचथरका प्रहरी नायव उपरीक्षक अनिशकुमार कर्ण, पाँचथरका डिभिजन वन अधिकृत पशुपति दाहाल, पाँचथरका सशस्त्र प्रहरी नायव उपरीक्षक चिरञ्जीवी प्रसाई सहभागी रहेका थिए ।
त्यस्तै सीमा सम्बन्धी भारतीय उच्च अधिकारीहरु पनि सहभागी रहेका थिए । भारत बिहार राज्य किशनगन्ज जिल्लाका डिष्ट्रिक मजिस्ट्रेट बिशाल राज, एसएसबीका १९औँ बटालियनका कमान्डेन्ट योगेशकुमार सैनी, एसएसबीका ३६औँ बटालियन कमान्डेन्ट सञ्जीव कुमार, उप कमान्डेन्ट अभिजित दास, एसएसबीका ८औँ बटालियनका कमान्डेन्ट वसन्त सामी, सर्वेक्षक अधिकृत सन्तोष प्रसाद, सर्वेक्षक अधिकृत हिमाद्री शेखर चक्रवर्तीलगायतको सहभागिता रहेको थियो ।