बिर्तामोडमा मन्त्र क्लोथको शोरुम र पिके हब डिपार्टमेन्ट शुरू हुँदै
बिर्तामोड । झापाको बिर्तामोडमा जेठ ३० गते शनिबार ‘पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ’ को भव्य उद्घाटन हुने भएको छ।
पिके हब एण्ड डिपार्टमेन्ट स्टोरमा घरायसी तथा दैनिक उपभोग्य सामग्री, भाँडाकुँडा, किचन सामग्री, प्लास्टिकजन्य सामग्री, विद्यालयका विद्यार्थीका लागि आवश्यक सामग्री, खेलकुद सामग्री लगायतका वस्तुहरू एकै स्थानमा उपलब्ध हुने सञ्चालक भेषराज दाहालले जानकारी दिए । 
त्यसैगरी ‘मन्त्र क्लोथ’ मा पुरुष, महिला तथा बालबालिकाका लागि आवश्यक रेडिमेड कपडा उपलब्ध रहनेछन् । काठमाडौं र इटहरीमा सफल सञ्चालनपछि मन्त्र क्लोथको फ्रेन्चाइजका रूपमा बिर्तामोड शाखा सञ्चालनमा आउन लागेको हो।
उद्घाटनको अवसरमा ग्राहकका लागि विशेष छुट तथा उपहार योजनासमेत घोषणा गरिएको छ। उद्घाटनको पहिलो हप्ता सम्पूर्ण सामानमा १० प्रतिशत छुट र दोस्रो हप्ता ५ प्रतिशत छुट प्रदान गरिने जनाइएको छ। 
यस्तै, ५ हजार रुपैयाँ वा सोभन्दा बढी खरिदमा स्क्र्याच कुपन, ९०० रुपैयाँदेखि १ हजार रुपैयाँसम्मको नगद फिर्ता तथा १५ हजार रुपैयाँ वा सोभन्दा बढी खरिदमा निश्चित ५०० रुपैयाँ नगद फिर्ता दिने व्यवस्था गरिएको छ।
सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि पनि विशेष योजना ल्याइएको छ। ‘मन्त्र क्लोथ, ‘पीके हबको टिकटक, फेसबुक पेज लाइक तथा शेयर गर्ने ग्राहकमध्ये एक जना भाग्यशाली विजेतालाई २ हजार रुपैयाँ बराबरको निःशुल्क किनमेल कुपन प्रदान गरिने कम्पनीका प्रमोसन तथा मिडिया प्रमुख सुमित रजकले जानकारी दिए ।
स्टोरमा २० रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म मूल्यका सामग्री उपलब्ध हुने जनाइएको छ। उद्घाटन समारोहमा उद्योगी–व्यवसायी, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
शनिश्चरे रोडमा रहेको मन्त्र क्लोथ तथा अतिथि सदन पश्चिममा रहेको पीके हबबाट उपभोक्तालाई गुणस्तरीय सामग्री, उचित मूल्य र आधुनिक किनमेल सेवाको अनुभव प्रदान गर्ने लक्ष्य लिएको सञ्चालकले जनाएका छन् ।