२०८३ जेष्ठ २७ गते , बुधबार
तीन दिनमा २४ जना फरार प्रतिवादी पक्राउ
बिर्तामोड । झापा प्रहरीले २४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । चालु मुद्दाका ४ सहित २४ जनालाई प्रहरीले जेठ २५, २६ र २७ गते गरेर पक्राउ गरेको हो ।
पक्राउ परेकाहरु मध्ये लागूऔषध मुद्दाका १४ जना, बैंकिङ कसुरका ६ जना, बहुविवाहका २ जना, नागरिकता किर्ते गर्ने १ जना र १ जना चोरी मुद्दाका फरार अभियुक्त पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए ।