२०८३ जेष्ठ ३० गते , शनिबार

विश्वकप २०२६ : मेक्सिकोको विजयी शुरुवात

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ २९ गते , शुक्रबार
विश्वकप २०२६ : मेक्सिकोको विजयी शुरुवात

फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि सहज जित निकालेको

मेक्सिकोको आइकोनिक एज्टेका रंगशालामा भएको उद्घाटन  खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई ले पराजित गरेको हो

तीन फरक विश्वकप आयोजना गर्ने पहिलो स्टेडियम बनेको अज्टेका स्टेडियममा क्यापासिटी क्राउडअघि मेक्सिकोका लागि जुलियन क्विनोनेस राउल जिमेनेजले गोल गरे दुई गोल भएको खेलमा ब्राजिलियन रेफ्रीले तीन रातो कार्ड देखाएका थिए

खेलको नवौं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै सुरुवाति अग्रता लिएका थिए दक्षिण अफ्रिकाका गोलकिपर रोनवेन विलियम्सले दिएको बललाई डिफेन्डरले नियन्त्रण गुमाउँदा मेक्सिकोले त्यसको फाइदा उठाउँदै गोल गर्न सफल भयो इरिक लिराले दिएको पासलाई जुलियनले गोलमा परिणत गरे उनैले ४२ मिनेटमा गरेको प्रहार गोलपोष्टमा लागेर फर्कियो

विपक्षी खेलाडीलाई लडाएपछि ४९औं मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए त्यसपछि दक्षिण अफ्रिका १० खेलाडीमा सिमित रह्यो

६७औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए खेलको ८४औं मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए त्यसपछि दक्षिण अफ्रिका खेलाडीमा सिमिति रह्यो

दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले रातो कार्ड खाँदै मैदान छाडे उद्घाटन खेलमा खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए

यसै खेलमा मेक्सिकोको युवा स्टार गिल्बर्टो मोराले पनि विश्वकपमा डेब्यु गर्ने मेक्सिको उत्तर अमेरिकाको कान्छो खेलाडीको कीर्तिमान बनाए उनी फिफा विश्वकप २०२६ को सबैभन्दा कान्छो खेलाडी हुन् भने समग्रमा विश्वकप खेल्ने छैटौं कान्छा खेलाडी हुन्

जितसँगै समूह मा रहेको मेक्सिकोले अंक जोडेको यो जितले मेक्सिकोलाई नकआउट चरणमा पुग्न बाटो केही सहज बन्दा दक्षिण अफ्रिकामाथि सुरुमै दबाब परेको   सोही समूहको दोस्रो खेल बिहान पौने बजेबाट चेक रिपब्लिक दक्षिण कोरियाबिच हुनेछ

सम्बन्धित समाचार