२०८३ जेष्ठ ३० गते , शनिबार

आजदेखि विश्वकप फुटबल शुरु हुँदै

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ २८ गते , विहीबार
आजदेखि विश्वकप फुटबल शुरु हुँदै

आजदेखि विश्वकप फुटबल खेल शुरु हुँदैछ उद्घाटन खेलमा समूह को टोली तथा सहआयोजक मेक्सिको दक्षिण अफ्रिकाबिच मेक्सिको सिटीमा प्रतिस्पर्धा हुँदै उद्घाटन समारोह मेक्सिको सिटीमा समापन समारोह अमेरिकाको न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुने तय भएकोछ

९६ वर्षअघि उरुग्वेदेखि सुरु भएको फिफा विश्वकप फुटबलले सन् २०२६ मा आइपुग्दा आफ्नो सबैभन्दा ठूलो फराकिलो रूप धारण गरेको अहिलेसम्मकै सबैभन्दा लामो ३९ दिनसम्म चल्ने यो विश्वकप सहभागिताको संख्याले इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो हो पहिलोपल्ट तीन राष्ट्र (अमेरिका, क्यानडा मेक्सिको) मा आयोजना हुन लागेको फिफा विश्वकप २०२६ बिहीबार राति सुरु हुँदै उद्घाटन खेलमा यस समूहमा एसियाली राष्ट्र दक्षिण कोरिया युरोपको चेकियाले पनि चुनौती प्रस्तुत गर्दै छन् समूहका अधिकांश खेल मेक्सिकोमा हुनेछन् समूहका दुई खेल मेक्सिको सिटीमा हुनेछन् भने ग्वाडालाजारा मोन्टेरीमा एक÷एक खेल हुने तालिका यो समूहमा मेक्सिकोबाहिर एउटा मात्र खेल हुने त्यो जुन १८ मा चेक गणतन्त्र दक्षिण अफ्रिकाबिचको खेल हो जुन एटलान्टामा हुने तय मेक्सिकोका तीनमध्ये दुई समूह खेल हालै मात्र पुनर्निर्माण गरिएको एज्टेका रंगशालामा हुने छन् यो त्यही रंगशाला हो, जसले १९७० १९८६ को विश्वकपमा फाइनल खेल आयोजना गरेको थियो ऐतिहासिक समारोहसँगै सुरु हुने यस पल्टको विश्वकप अघिल्ला सबै संस्करणभन्दा फरक हुनेछ

विश्वकपमा पहिलोपटक तीन देशले संयुक्त रूपमा आयोजना गर्दैछन् जहाँ कीर्तिमानी १०४ खेल, ४८ राष्ट्र १६ आयोजक शहर यस विश्वकको विशेषता हो मेक्सिकोबाट सुरु भएर जुलाई १९ तारिखमा न्युयोर्कमा समापन हुने कार्यक्रम तीन वटै आयोजक राष्ट्रमा हुने विशेष उद्घाटन समारोहमार्फत गरिनेछ यसपटकको विश्वकप उद्घाटन समारोह एउटै शहरमा सीमित रहने छैन मेक्सिको सिटी, टोरन्टो लस एन्जलसमा आयोजना गरिने तीनवटा समारोह एउटै साझा अवधारणामा आधारित हुनेछन् प्रसिद्ध अन्तर्राष्ट्रिय क्रियटिभ निर्देशक मार्को बालिचको नेतृत्वमा तयार गरिएका यी कार्यक्रमहरूले फुटबल प्रेमीलाई भाषा संस्कृतिभन्दामाथि उठेर एकतामा बाध्ने सन्देश दिने संकल्प लिएको

यसबीच प्रत्येक देशले आफ्नो सांस्कृतिक पहिचानलाई फरक शैलीमा प्रस्तुत गर्नेछन् मेक्सिकोलेपापेल पिकाडो कलामार्फत आफ्नो संस्कृति देखाउनेछ भने क्यानाडालेसांस्कृतिक मोजाइक अर्थात् विविधतामा एकताको भाव प्रस्तुत गर्नेछ अमेरिकाले आधुनिक प्रविधि चम्किलो दृश्य प्रभावमार्फत आफ्नो पहिचान झल्काउनेछ मेक्सिको सिटी स्टेडियममा हुने पहिलो खेलअघि समारोहले मेक्सिकन संस्कृति, परम्परा कलालाई विश्वसामु प्रस्तुत गर्नेछ आदिवासी कलाकारहरुको प्रस्तुति, लोकनृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्यआकर्षण हुनेछन् साथै संगीत क्षेत्रका अन्तर्राष्ट्रिय तथा ल्याटिन अमेरिकी स्टारहरूले पनि प्रस्तुति दिनेछन्

समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइला, अलेजान्द्रो फर्नान्डेज, बेलिन्डा, ड्यानी ओसन, लिला डाउन्स, लस एन्जेल्स अजुलेस मानाजस्ता कलाकारहरू देखिन सक्नेछन् उद्घाटन समारोहपछि विश्वकपको पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ क्यानाडाको टोरन्टोमा उद्घाटन समारोह आयोजना हुनेछ यो क्यानाडाका लागि विशेष अवसर हुनेछ किनभने पुरुष राष्ट्रिय टोलीले पहिलोपल्ट आफ्नै भूमिमा विश्वकप खेल्दै मेक्सिको अमेरिकासँग विश्वकप आयोजना गरिसकेको अनुभव क्यानाडा पहिलोपटक ठूलो प्रतियोगिता आयोजना गर्दैछ त्यसैले पनि सम्पूर्ण क्यानेडियन जनताका लागि यो विशेष दिन हुनेछ

फ्रम कोस्ट टु कोस्ट टु कोस्ट अर्थात् देशको पूर्वदेखि पश्चिम उत्तरसम्मको यात्रालाई चित्रण गर्ने विशेष प्रस्तुति समारोहको मुख्य विषय रहनेछ समारोहमा अलानिस मेरिसेट, अलेसियाकारा, माइकलबुब्ले, जेसी रेयेज, नोरा फतेह, एलियाना सन्जोय, भेगेड्रिम विलियम प्रिन्सलगायत कलाकारहरूले प्रस्तुति दिने अपेक्षा गरिएको समारोहपछि क्यानाडाले बोस्निया एन्ड हर्जेगोभिनासँग खेल्दै घरेलु विश्वकप अभियान सुरु गर्नेछ लस एन्जलसमा जुन १२ तारिखमा उद्घाटन समारोह आयोजना हुनेछ

मनोरञ्जन केन्द्र मानिने शहरमा आयोजना हुने यो कार्यक्रमले अत्याधुनिक प्रविधि अन्तर्राष्ट्रिय संगीतको बेजोड प्रस्तुति दिनेछ उक्त समारोहमा केटी पेरी, फ्युचर, अनिट्टा, लिसा, रेमा टाइलाजस्ता विश्व प्रसिद्ध कलाकारहरूले प्रस्तुति दिने सम्भावना यो समारोहले अमेरिकाको सांस्कृतिक विविधता विश्व मनोरञ्जन क्षेत्रमा रहेको प्रभावलाई झल्काउनेछ समारोहपछि अमेरिकाले पाराग्वेसँग खेल्दै घरेलु विश्वकप अभियान सुरु गर्नेछ खेल नेपाली समयअनुसार बिहान ६:४५ बजे हुनेछ

उरुग्वेमा सन् १९३० मा १३ राष्ट्रबाट सुरु भएको विश्वकपको यात्रा अहिले ४८ राष्ट्रसम्म आइपुगेको यो फुटबलको लोकप्रियता, व्यापारिक विस्तार विश्वव्यापी पहुँचको सबैभन्दा ठूलो प्रमाण हो विश्वकप २०२६ प्रतिस्पर्धा मात्र होइन विश्व फुटबलको बदलिँदो अध्याय हो सन् १९९८ देखि पछिल्ला सात संस्करणमा ३२ राष्ट्रले विश्वकपमा प्रतिस्पर्धा गर्दै आएका थिए, जति बेला कुल ६४ मात्र हुन्थे तर फिफाले सहभागिता बढाउने निर्णय गर्दा धेरैले आलोचना गरेका थिए

विश्वकपको आकर्षण नयाँ ढाँचा नयाँ राष्ट्रहरू मात्र छैनन् फुटबलका लिजिन्ड क्रिस्टियानो रोनाल्डो लियोनल मेसीसँगै नेइमार पनि आकर्षणको केन्द्र बनेका छन् फेरि एकपटक विश्वकप मञ्चमा यी स्टारका जादुमयी कलाको प्रतीक्षामा समर्थक छन् करिब दुई दशकदेखि विश्व फुटबलमा राज गरेका महान् खेलाडी रोनाल्डो मेसीका लागि यो अन्तिम विश्वकप हुन सक्छ

सम्बन्धित समाचार