२०८३ श्रावण २९ गते , शुक्रबार

दल दर्ताका लागि एक्लै गए धवल, प्रसाईंसँग मिलेन कुरा

sajilo news
परिवेश मिडिया
२०८३ श्रावण २९ गते , शुक्रबार
दल दर्ताका लागि एक्लै गए धवल, प्रसाईंसँग मिलेन कुरा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर राणा दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग कुरा नमिलेपछि उनी आफ्नो छुट्टै दलबलसहित पार्टी दर्ताका लागि आयोग पुगेका हुन् ।  
राणाले ‘जय नेपाल पार्टी’ दर्ता गराउन लागेका हुन् ।
यसअघि सभापतिमा राणा र सर्वोच्च नेतामा प्रसाईं हुनेगरी दुई पक्षले पार्टी गठन गर्ने सहमति गरेका थिए । तर, प्रसाईंसँग पार्टीमा वरीयता र बाँडफाँडमा कुरा नमिल्दा उनले अलग्गै पार्टी दर्ता गर्न लागेका हुन् ।

सम्बन्धित समाचार