कोशीमा काँग्रेसका मन्त्रीले दिए राजीनामा
झापा । कोशी प्रदेश सरकारबाट नेपाली काँग्रेसका ४ मन्त्री र १ राज्यमन्त्रीले राजीनामा दिएका छन् । उनीहरुले आज मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सामूहिक राजीनामा दिएका हुन् ।
राजीनामा दिएसँगै एमाले र काँग्रेसबीचको २७ महिना अगाडिको गठबन्धन तोडिएको छ । यो गठबन्धन तोडिएसँगै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) अबको सरकारमा सहभागी हुने भएको छ ।
विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा मन्त्रीपरिषद बैठक सकिएपछि काँग्रेसका मन्त्रीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिने मन्त्रीहरुमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदिपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास मन्त्रालयकी राज्यमन्त्री शोभा चेम्जोङ रहेका छन् ।
केन्द्रमा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच गठबन्धन गर्न साउन दोस्रो हप्तामा तीन बुँदे सहमति भएपछि काँग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो ।