२०८३ श्रावण २८ गते , विहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउ, अबिलाब रिहाई गर्न शंकर पोखरेलको माग

sajilo news
परिवेश मिडिया
२०८३ श्रावण २८ गते , विहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउ, अबिलाब रिहाई गर्न शंकर पोखरेलको माग

झापा । जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन् ।श्रेष्ठलाई बुधबार बेलुका कुसुन्ती स्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो ।
सरकारको ठाडो निर्देशनमा श्रेष्ठलाई पक्राउ गरिएको स्रोतको दाबी छ।
जनआस्था मार्फत श्रेष्ठले सरकार र सत्तारुढ राजसभाका सांसदहरूका विभिन्न गतिविधि सम्बन्धी समाचार प्रकाशन गर्दै आएका थिए।
श्रेष्ठको गिरफ्तारीप्रति कडा आपत्ति जनाउँदै उनलाई अविलम्ब रिहा गर्न नेकपा एमालेका महासचिव शंकर पोखरेलले माग गरेका छन्।
समाचार लेखेकै वा प्रकाशित गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु पूर्ण रूपमा गैरकानुनी र प्रेस स्वतन्त्रताविरोधी कदम भएको महासचिव पोखरेलको ठहर छ।
समाचारका स्रोत वा विषयवस्तुप्रति असहमति जनाउने, खण्डन गर्ने, प्रेस काउन्सिल जाने वा कानुनी उपचार खोज्ने ढोका खुला रहँदारहँदै प्रहरीले सिधै धरपकड गर्नु लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको महासचिव पोखरेलले बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पत्रकार श्रेष्ठको निडर र साहसिक पत्रकारिताको प्रशंसा गरेका छन्।
अग्रज पत्रकारहरूको आवाज दबाउने प्रयास गरिएमा धेरै सत्य र रहस्यहरू सधैँका लागि हराउने जोखिम रहनेतर्फ सचेत गराउँदै एमाले महासचिव पोखरेलले श्रेष्ठमाथिको यो गिरफ्तारी गैरन्यायिक र प्रतिशोधपूर्ण रहेको उल्लेख गरेका छन्।
उनले राज्यको यो कदमको भर्त्सना गर्दै पत्रकार श्रेष्ठको निसर्त र अविलम्ब रिहाइको जोडदार माग गरेका छन्।

सम्बन्धित समाचार