२०८३ श्रावण २८ गते , विहीबार
कोशीको मन्त्रीमण्डल सोमबार विस्तार हुने सम्भावना
बिर्तामोड । कोशी प्रदेशको मन्त्रीमण्डल सोमबार विस्तार हुने सम्भावना बढेको छ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी सहमति नजिक पुगेसँगै सोमबार मन्त्रीहरूको शपथ हुने सम्भावना बढेको हो ।
'सहमति नजिक पुगेका छौं, सोमबार मन्त्रीमण्डल विस्तार हुने सम्भावना छ', नेकपा संसदीय दलका नेता इन्द्र आङबो (मौसम)ले भने । मुख्यमन्त्री सहित पाँच नेकपा एमालेलाई र नेकपालाई चार मन्त्रालय दिने विषयमा सहमति नजिक पुगेको उनले बताए । मन्त्री छान्ने जिम्मा समेत पार्टीले प्रदेशलाई दिएको नेताहरुले बताएका छन् ।