२०८३ श्रावण २ गते , शनिबार
एभरेस्ट हाइपर मार्केटद्वारा गुरुकुललाई कुलर सहयोग
बिर्तामोड । झापाको बिर्तामोड र बाह्रदशीमा सञ्चालित एभरेस्ट सुपर हाइपर मार्केट प्रालिले बाह्रदशीको एक गुरुकुललाई कुलर सहयोग गरेको छ ।
एभरेस्ट सुपर हाइपर मार्केट प्रालि सञ्चालन गरिरहेका युवा व्यवसायी चान मोहम्मदले बाह्रदशी-६ स्थित गौरीशंकर गायत्रीस्वरूपाश्रम गुरूकुललाई ७५ लिटर क्षमताका दुई थान कुलर प्रदान गरेका हुन् । गुरुकुलमा चर्को घाम सहेर अध्ययन गर्न बाध्य विद्यार्थीहरूलाई थोरै भए पनि राहत होस् भन्ने उद्धेश्यले कुलर प्रदान गरेको मोहम्मदले बताए ।
हाल गुरुकुलमा ६१ जना विद्यार्थी अध्ययनरत छन् ।
शिक्षा, संस्कार र सनातन परम्पराको संरक्षणमा सानै भए पनि सहयोग गरेको भन्दै गुरुकुलले खुशी व्यक्त गरेको छ ।