वैदेशिक रोजगार व्यवसायी संघद्वारा रक्तदान सम्पन्न
बिर्तामोड । वैदेशिक रोजगार व्यवसायी संघ झापाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । संघले दोस्रो स्थापना दिवसको अवसरमा शुक्रबार बिर्तामोडमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको वैदेशिक रोजगार व्यवसाय सङ्घ झापाका सचिव निरकुमार खत्री (निरन)ले जानकारी दिए ।
बिर्तामोडस्थित सीपी होटलमा आयोजित कार्यक्रममा ६४ पिन्ट रगत संकलन भएको थियो ।
कार्यवाहक अध्यक्ष राजन सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड वडा नम्बर ४ का अध्यक्ष राहुल शर्मा प्रमुख अतिथि तथा नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष एकराजगिरी अतिथिको रुपमा रहेका थिए ।
संघका उपाध्यक्ष सरिता बरालले स्वागत गरेको कार्यक्रम सचिव निरकुमार खत्रीले सञ्चालन गरेका थिए ।
बैरो संघको आयोजनामा भएको कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाले गरेको थियो भने सिपी होटल सहआयोजक रहेको थियो ।