२०८३ श्रावण २ गते , शनिबार

यलम्बर टाइम्सको ‘खुवालुङ विशेषाङ्क’को विमोचन सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८३ श्रावण १ गते , शुक्रबार
यलम्बर टाइम्सको ‘खुवालुङ विशेषाङ्क’को विमोचन सम्पन्न

बिर्तामोड झापाको अर्जुनधाराबाट नियमित प्रकाशन हुँदै आएको यलम्बर टाइम्सले खुवालुङ विशेषाङ्कको विमोचन कार्यक्रम सम्पन्न गरेको आफ्नो १९औँ स्थापनाको अवसरमा पत्रिकाले खुवालुङ म्यागेजिनको विमोचन शुक्रबार सम्पन्न गरेको हो

कार्यक्रमका प्रमुख अतिथी तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले धर्म, संस्कृति, संस्कार बचाउनु भनेको परम्परागत ज्ञान सीप बचाउनु भएको बताए उनले मानव सभ्यताको सुरुवातसँगै मानिसको बसोबास विभिन्न देश क्षेत्रहरुमा विस्तार भएको चर्चा गर्दै आदिवासीहरु नेपालको तराई क्षेत्रमा आएको अत्यधिक गर्मीका कारण चिसो खोज्दै जाने क्रममा सप्तकोशीमा रहेको खुवालुङ तरेर पहाडतिर उक्लिएको प्रसङ्गको बारे धारणा राखे उनले भने, आदिवासीहरुसँग भएको विभिन्न ज्ञान सीप आधुनिक विज्ञानभन्दा कम छैन, चाहे त्यो उपचार विधि होस चाहे खानपान

कार्यक्रमका अधिकांश वक्ताहरुले खुवालुङ एउटा पत्थर मात्र नभएर किराँत समुदायको ऐतिहासिक सभ्यता संस्कृतिसँग जोडिएको बताए

कार्यक्रममा साहित्यकार देशु वनेम, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, किराँत राई यायोख्खा झापाका अध्यक्ष गणेश राई, नेकपा कोशी प्रदेश संसदीय दलका नेता, पूर्व अर्थमन्त्री तथा कार्यक्रमका विशिष्ट अतिथी इन्द्र आङ्बो (मौसम) लगायतले शुभकामना मन्तव्य राखेका थिए

साहित्यकार, लेखक तथा पत्रकार कुमार भट्टराईले पुस्तकको चर्चा गरेको कार्यक्रममा यलम्बर टाइम्सकी समाचार प्रमुख लिला राईले सहभागीहरुलाई स्वागत गरेकी थिइन्

पत्रिकाका प्रधानसम्पादक दिपिन राई (दिपेन्द्र)को अध्यक्षतामा सम्पन्न कार्यक्रम सहसम्पादक राजन साम्पाङले सञ्चालन गरेका थिए कार्यक्रममा सञ्चारकर्मी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो

 

सम्बन्धित समाचार