उत्कृष्ट पत्रकारिता पुरस्कारबाट तिम्सिना र लिम्बू पुरस्कृत
बिर्तामोड । गाउँ तथा नगरपालिकाले प्रदान गर्ने उत्कृष्ट पत्रकारिता पुरस्कारबाट इलाममा राम योङहाङ लिम्बू र झापामा चुडामणि तिम्सिना (सिएम) पुरस्कृत भएका छन् ।
इलामको माङसेबुङ गाउँपालिकाले आफ्नो १८औँ गाउँसभा समापनको अवसरमा स्थानीय पत्रकार रामकुमार लिम्बू (राम योङहाङ) लाई नगर ५१ हजार रुपैयाँ राशिसहित पुरस्कृत गरेको छ ।
डेढ दशकयता पत्रकारितामा क्रियाशील लिम्बूलाई पालिकाले शुक्रबार ‘माङसेबुङ पत्रकारिता पुरस्कार २०८३’ बाट पुरस्कृत गरेको हो । पुरस्कृत लिम्बू स्थानीय नयाँ बुलन्द अनलाइन र मेरो समाचार मासिकका सम्पादक हुन् भने राष्ट्रिय समाचार समितिका स्थानीय सम्वाददाता हुन् ।
त्यस्तै झापाको कन्काई नगरपालिकाले तिम्सिनालाई २०औं नगर सभाको दोस्रो बैठकको अवसरमा शुक्रबार पुरस्कृत गरेको छ । तिम्सिनालाई नगद ७ हजारसहित पुरस्कृत गरिएको हो । तिम्सिनालाई कन्काई नगरपालिकाले गरेको यो दोस्रो सम्मान हो ।