२०८३ मंसीर ६ गते , आईतबार
एनपीएल फाइनल खेलको टिकट केही मिनेटमै 'सोल्ड आउट'
बिर्तामोड । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलको टिकट केही मिनेटमै सोल्ड आउट भएको छ । शनिबार हुन लागेको फाइनल खेलको टिकट बुकिङ खुल्ला भएको केही मिनेटमै बिक्री भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको हो ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै क्यानले दुई लाख दर्शकले टिकट खरिद गर्न खोजेको भएपनि रङ्गशालाको क्षमताका कारण टिकट सीमित भएको जनाएको छ । यसबाट दर्शकमा पार्न गएको असुबिधाप्रति क्यानले क्षमायाचना गरेको छ ।
टिकट पाउन नसकेका दर्शकहरुलाई अनलाइन र आधिकारिक प्लेटफर्ममार्फत खेल हेर्नसमेत क्यानले आग्रह गरेको छ ।