२०८३ मंसीर ६ गते , आईतबार

धान काट्ने मेसिन र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८३ मंसीर ३ गते , विहीबार
धान काट्ने मेसिन र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकामा धान काट्ने मेसिनसंग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।
गएराति करिब १०ः४० बजे बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने–राजगढ भित्री सडकखण्डमा राजगढबाट चारपानेतर्फ आउँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन एकआपसमा ठोक्किएका थिए।
सो दुर्घटनामा मोटरसाइकलमा सवार बाह्रदशी ३ चकचकीका २० वर्षीय गोपाल ताजपुरिया र मोटरसाइकल चालक बाह्रदशी २ बुट्टावारीका  १७ वर्षीय अशोक राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । विभत्स दुर्घटना भएकाले मृतकहरुको अनुहार नै नचिनिने अबस्थामा पुगेको छ । दुर्घटनापछि धान काट्ने मेसिन गाडी घटनास्थलमै छाडेर चालक फरार भएका छन्। फरार चालकको खोजी भइरहेको छ । दुर्घटना भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी फुलबारीबाट प्रहरी सहायक निरीक्षक पुष्पलाल मिश्रको कमाण्डमा टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षक सन्तोष पाठकको कमाण्डमा टोली गएको थियो ।
राति १२:४५ बजे कानुनी प्रकृयापश्चात् दुवै लाश पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । दुवै सवारी साधन नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोड ल्याइएको छ ।

 

सम्बन्धित समाचार