२०८३ मंसीर ६ गते , आईतबार
इलामका रचित भट्टराई खैरो हिरोइनसहित बिर्तामोडबाट पक्राउ
बिर्तामोड । इलाम रङ गाउँपालिका वडा नम्बर १ का रचित भट्टराई खैरो हिरोइनसहित बिर्तामोडबाट पक्राउ परेका छन् । उनलाई आज साँझ ५:४५ बजे प्रहरीले बिर्तामोड नगरपालिका वडा नं. ५, गणपति रोडबाट पक्राउ गरेको हो ।२३ वर्षीय भट्टराई बिर्तामोड नगरपालिका वडा नं. ०५ स्थित देउराली होटलमा बस्दै आएका थिए । प्रहरीले उनको साथबाट प्लास्टिक बाहेक ४ ग्राम ४६० मिलिग्राम र उनको खाटमुनिबाट प्लास्टिक बाहेक ३ ग्राम ४९० मिलिग्राम खैरो हिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । प्रहरीले भट्टराईको साथबाट नगद रु २३ हजार पाँच सय र प्र. १-०१-०१२ प ५९०९ नं. को मोटरसाइकल समेत बरामद गरेको जनाएको छ ।