२०८३ मंसीर ३ गते , विहीबार

दानबहादुरको रिट निवेदनमा मंसिर ७ गते अर्को सुनुवाइ

sajilo news
परिवेश मिडिया
२०८३ मंसीर २ गते , बुधबार
दानबहादुरको रिट निवेदनमा मंसिर ७ गते अर्को सुनुवाइ

झापा । दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाउने सरकारी निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा फेरि सुनुवाइ हुने भएको छ ।
न्यायाधीश श्रीकान्त पौडेलको इजलासले आगामी सोमबार (मंसिर ७) अन्तरिम आदेशको छलफलका लागि दुवै पक्षलाई झिकाउने आदेश गरेको हो ।
त्यो दिन रिट निवेदक कार्कीका कानुन व्यवसायी, कार्कीलाई हटाउने सरकारी निर्णयको प्रतिरक्षा गर्ने सरकारी वकिल र नवनियुक्त आईजीपी डा. मनोज केसीको तर्फबाट बहस गर्ने कानुन व्यवसायीबीच बहस हुनेछ ।

सम्बन्धित समाचार