२०८३ मंसीर २ गते , बुधबार

छठपूजास्थलमा तोडफोड गर्ने दुई जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८३ कार्तिक ३० गते , सोमबार
छठपूजास्थलमा तोडफोड गर्ने दुई जना पक्राउ

बिर्तामोड । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित छठपूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–६ का १९ वर्षीय रिजवान मन्सुरी र सोही ठाउँका २१ वर्षीय मोहम्मद जहुर मियाँ रहेका छन्।
प्रहरीका अनुसार २०८३ कात्तिक २९ गते राति करिब ७:३० बजे भक्तजनहरू साँझको छठपूजा सकेर घर फर्किसकेपछि अपरिचित व्यक्तिहरूले उक्त पूजास्थलमा तोडफोड गरेका थिए। घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

सम्बन्धित समाचार