२०८३ कार्तिक ३० गते , सोमबार

झापामा धान काट्न सघाउँदै प्रहरी

sajilo news
परिवेश मिडिया
२०८३ कार्तिक २९ गते , आईतबार
झापामा धान काट्न सघाउँदै प्रहरी

बिर्तामोड । समाजमा शान्ति सुरक्षामा खटिने प्रहरी यतिबेला किसानको खेतबारीमा भेटिन थालेका छन् । झापाको बाहुनडाँगीमा किसानको धानखेतमा प्रहरी धान काटिरहेका छन् । 
सीमावर्ती क्षेत्रबाट आउने हात्तीबाट धान बाली जोगाउन सुरक्षाकर्मी आफैं लागेर किसानको धान काटिरहेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए । किसानको पाकेको धान समयमा व्यवस्थापन गर्न र हात्ती बाट जोगाउन सुरक्षाकर्मीले सहजीकरण गरेको उनले बताए । सो कार्यमा जनमत प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन् । उनीहरूले भारतबाट आउने हाती नेपाल छिर्न नदिन सीमामा गस्ती समेत गरिरहेका छन् । 

 

सम्बन्धित समाचार