२०८३ कार्तिक २७ गते , शुक्रबार
झापा जिल्ला अदालतका सूचना अधिकारी बस्नेतको सरुवा
बिर्तामोड । झापा जिल्ला अदालतका शाखा अधिकृत तथा सूचना अधिकारी रामचन्द्र बस्नेतको सरूवा भएको छ । उनको सुनसरी जिल्ला अदालतमा सरुवा भएको हो ।
बस्नेतले सरोकारवालाले माग गरेका सूचना यथासक्य चाँडो उपलब्ध गराएका कारण सबैको लोकप्रिय थिए।
बस्नेत नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन (हाल खारेज भएको ट्रेड युनियन) झापाका निबर्तमान अध्यक्ष समेत रहेका थिए ।