२०८३ कार्तिक ३० गते , सोमबार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

sajilo news
परिवेश मिडिया
२०८३ कार्तिक २९ गते , आईतबार
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

बिर्तामोड । छठ पर्वका अवसरमा सर्वसाधारणले नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । आइतबार छठ पर्व मनाउन नदी किनार पुगेका सर्वसाधारण व्रतालु तथा श्रद्धालु भक्तजनले पनि परम्पराअनुसार अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन्।
छठ पर्वमा सूर्यदेव र छठी माताको पूजा गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायुको कामना गर्ने धार्मिक परम्परा छ।
भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिए पछि छठ पर्व समापन हुने गर्दछ । 

सम्बन्धित समाचार