२०८३ कार्तिक ३० गते , सोमबार
रास्वपा सभापति लामिछानेले जनकपुरमा मनाए खरना
जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछानेले जनकपुरमा छठ पर्वको खरना व्रत मनाएका छन् ।
छठ पर्व हेर्न र रीति संस्कृति र विधिअनुसार पर्व बस्ने गरी छठपर्व मनाउन उनीहरू शनिबार जनकपुर आएका लामिछाने दम्पतीले जनकपुरको शिवचोकस्थित नरेश शाहको घरमा खरना व्रत मनाएका हुन् ।