२०८३ कार्तिक २ गते , आईतबार

दशैँको मुखमा अर्जुनधाराका ७ परिवारले पाए लालपूर्जा

sajilo news
परिवेश मिडिया
२०८३ आश्विन ३० गते , शुक्रबार
दशैँको मुखमा अर्जुनधाराका ७ परिवारले पाए लालपूर्जा

बिर्तामोड । झापा अर्जुनधाराका ७ अव्यवस्थित परिवारले लालपुर्जा पाएका छन् । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का ७ अव्यवस्थित बसोबासी परिवारले आज लालपुर्जा प्राप्त गरेका हुन् ।
जिल्ला भूमि समस्या समाधान समिति झापाको तर्फबाट ‌ आवश्यक प्रक्रिया पूरा गरी अव्यवस्थित बसोबासीहरू सुनिता बिक, रेणुका देवी दर्जी, राहन सिंह याखा, सरिता दर्जी , बसन्त कुमार तामाङ, मुशान सुब्बा र रत्नबहादुर इङ्नामको परिवारलाई ‌ कुल १-४-५ बिघा जग्गाको स्वामित्वको लालपुर्जा वितरण गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन तामाङको अध्यक्षतामा सम्पन्न ‌ लालपुर्जा वितरण कार्यक्रमको प्रमुख आतिथ्यता ‌ झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी ‌ तथा भूमि समस्या समाधान समितिका संयोजक ‌ श्रवणकुमार पोखरेलले गरेका थिए।
प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार जिल्ला भूमि समस्या समाधान समितिमा ६२ हजार भन्दा बढी ‌ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले भूमि प्राप्तिका लागि आवेदन दिएका छन् । ‌ भूमिहीन दलित तर्फ २८९३ जना, भूमिहीन सुकुम्बासीतर्फ १५७२८ जना र अव्यवस्थित बसोबासीतर्फ ‌४१६६६ जनाले निवेदन दिएका छन् ।

गरी सात परिवार रहेकाछन्। उल्लेखित सात परिवारलाई ‌८,२२४ वर्गमिटर ‌ जग्गाको लालपुर्जा उपलब्ध गराइएको छ ।

सम्बन्धित समाचार