२०८३ कार्तिक २ गते , आईतबार

बिस्कुट अड्किएर बालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८३ आश्विन २९ गते , विहीबार
बिस्कुट अड्किएर बालकको मृत्यु

बिर्तामोड । झापाको बिर्तामोडमा घाँटीमा बिस्कुट अड्किएर ३ वर्षीय बालकको मृत्यु भएको छ ।
अर्जुनधारा ९ घर भई बिर्तामोड ९ स्थित मावलमा बस्दै आएका मनिश पाठकका ३ वर्षीय छोरा हरिराम पाठकको मृत्यु भएको हो । आज दिउँसो ४:४० बजे घाँटीमा बिस्कुट सड्किएर सिकिस्त बनेका बालकलाई उपचारका लागि बिर्तामोड नगर अस्पतालमा ल्याई पुर्‍याएर साँझ ५:१५ बजे डाक्टरले चेकजाँच  गर्दा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार