२०८३ कार्तिक २ गते , आईतबार

गैर मेनपावरका कारण वैदेशिक रोजगार असुरक्षित

sajilo news
परिवेश मिडिया
२०८३ आश्विन २९ गते , विहीबार
गैर मेनपावरका कारण वैदेशिक रोजगार असुरक्षित

बिर्तामोड । गैर मेनपावरजन्य व्यवसायिक संस्थाका कारण वैदेशिक रोजगार असुरक्षित बन्दै गएको बताइएको छ। वैदेशिक रोजगार व्यवसायी सङ्घ झापाको दोस्रो साधारण सभामा सो धारणा व्यक्त गरिएको हो।
वैदेशिक रोजगार व्यवसायी सङ्घ झापाका अध्यक्ष धनबहादुर पंधाकले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सो धारणा व्यक्त गरेका हुन् । ब्युटी पार्लर, कन्सल्टेन्सी, तालिम केन्द्र आदिले कानुनी प्रक्रिया पूरा नगरी वा गैर संस्थागत माध्यमबाट वैदेशिक रोजगारीमा पठाउँदा समस्या उत्पन्न भएको अध्यक्ष पंधाकले बताए । त्यसरी वैदेशिक रोजगारीमा जाँदा श्रमिकको आप्रवासनको वास्तविक विवरण, गन्तव्य मुलुक, रोजगारदाता, रोजगार सम्झौता तथा सुरक्षा सम्बन्धी जानकारी प्राप्त गर्न कठिन हुने उनको भनाइ छ । त्यसरी गैरसंस्थागत माध्यमबाट वैदेशिक रोजगारमा जाँदा श्रमिक समस्यामा परेको अवस्थामा उद्धार, कानुनी सहायता तथा क्षतिपूर्ति आदिमा समस्या हुने अध्यक्ष पंधाकले बताए । 
कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपी सन्तोष पाठक र नेपाल पत्रकार महासंघ झापा शाखाका सचिव प्रदिप परियारले शुभकामना मन्तव्य राखेका थिए । 
झापाका १२७ वटा मेनपावर सदस्य रहेको वैदेशिक रोजगार व्यवसायी संघ झापाले विभिन्न परोपकारका कार्यहरू समेत गर्दै आएको छ । 
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको प्रमुख आतिथ्यता तथा वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष धनबहादुर पंधाकको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव नीरकुमार खत्री (निरन)ले सञ्चालन गरेका थिए । कार्यक्रममा सहभागीहरूलाई संघका वरिष्ठ उपाध्यक्ष राजन सिलवालले स्वागत गरेका थिए।

सम्बन्धित समाचार