२०८३ कार्तिक २ गते , आईतबार

हिमालयन लाईफका निमित्त सीईओ फुयाललाई स्वागत

sajilo news
परिवेश मिडिया
२०८३ आश्विन २७ गते , मंगलबार
हिमालयन लाईफका निमित्त सीईओ फुयाललाई स्वागत

बिर्तामोड । हिमालयन लाइफ इन्स्योरन्स लिमिटेडका नवनियुक्त निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयाललाई स्वागत गरिएको छ । पेशागत बीमा अभिकर्ता सङ्घ नेपालले फुयाललाई स्वागत गरेको हो । 
आज कम्पनीको प्रधान कार्यालयमा पेशागत बीमा अभिकर्ता सङ्घ नेपाल हिमालयन बिमकका सचिव प्रल्हाद तिमल्सिनाको नेतृत्वमा गएको टोलीले फुयाललाई स्वागत गरेको हो । अभिकर्ताको टोलीले फुयाललाई अभिकर्ताहरुसँग समन्वय गरेर कम्पनीको चौतर्फी हितमा काम गर्न सुझाएका थिए । निमित्त सीईओ फुयालले समग्र कम्पनीलाई नम्बर वान कम्पनी बनाउन आफू लागिपर्ने बताए । उनले बीमित, अभिकर्ता र कर्मचारीको समस्या र हित पहिचान गरी समन्वयकारी भूमिका निर्वाह गर्नेसमेत प्रतिबद्धता जनाए । 
टोलीमा पेशागत बीमा अभिकर्ता सङ्घ नेपालका राष्ट्रिय समिति उपाध्यक्ष दामोदर गौतम,  सचिव अम्बिका गौतम, हिमालयन विमकका कोषाध्यक्ष त्रिलोचन विश्वकर्मा, बागमती प्रदेश अध्यक्ष चिरञ्जीवी गजुरेल लगायतको सहभागिता थियो । 

सम्बन्धित समाचार