२०८३ कार्तिक २ गते , आईतबार
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि एक्स थ्रीका दुई खेलाडी जिल्लाबाट छनौट
बिर्तामोड । आगामी मंसिरमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि एक्स थ्री बक्सिङ क्लबका दुई जना खेलाडी बक्सिङ तर्फ जिल्लाबाट छनौट भएका छन् ।
मंसिर १६ देखि २७ गतेसम्म सुर्खेतमा हुने प्रतियोगिताको छनौट खेलमा एक्स थ्रीका राजकुमार राई ५० केजी र निश्चल तामाङ ६० केही तौल समूहमा छनौट भएको क्लबकी प्रबन्ध निर्देशक जोया सुब्बाले जानकारी दिइन् ।
झापा जिल्लाबाट राई र तामाङसहित प्रतीक गौतम, तृषा जबेगू, भिक्टोर राई, अभिनय राई र रियाज ढकाल छनौट भएका छन् । झापाको नयाँ बसपार्कस्थित एक्स थ्री बक्सिङ क्लबमा भएको छनौट प्रतियोगिताबाट छानिएकाहरुले प्रदेशमा छनौटका लागि प्रतिस्पर्धा गर्ने एक्स थ्री बक्सिङ क्लबका प्रशिक्षक राजु कुरुम्वाङले जानकारी दिए ।