२०८३ कार्तिक २ गते , आईतबार
दुर्गा प्रसाईले परिवर्तन गरे पार्टी
बिर्तामोड । बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले राजनीतिक दलको नाम परिवर्तन गरेका छन् । उनको नेतृत्वमा दर्ता भएको नागरिक बचाउ दल, नेपालको नाम परिवर्तन गरी 'नेपाल पथ दल' बनाइएको हो ।
निर्वाचन आयोगको आजको बैठकले दलको नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।
दलको झण्डाको भित्री भागमा सेतो र तल माथि किनारामा नीलो र रातो धर्सा रहेको छ । झण्डाको मध्य भागमा गोलो गुलाबी आकृति मा सनातन, सभ्यतासहितको नेपाल पथ पार्टी लेखिएको छ । उक्त आकृति भित्र घरको छाना मुनि तीन पुस्ता जस्तो देखिने मानिसको चित्र राखिएको छ ।