२०८३ कार्तिक २ गते , आईतबार
कांग्रेसको निर्वाचन शुक्रबारलाई सारियो
बिर्तामोड । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज तोकिएको मतदान तालिका परिवर्तन गरिएको छ । आज हुने भनिएको मतदान भोलिलाई सारिएको हो ।
केन्द्रीय निर्वाचन समितिका अनुसार मतदान भोलि बिहान ७ बजेबाट मतदान हुनेछ । मतपत्रलगायतका निर्वाचन सामग्रीको छपाइमा ढिलाइ भएकोले मतदान शुक्रबारका लागि सारिएको बताइएको छ ।
खुलामञ्च, राष्ट्रियसभा गृह र नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान हुनेछ । निर्वाचनको मिति सारिएसँगै एक दिनको आवास खर्च पार्टीले व्यहोर्ने भएको छ ।