२०८३ कार्तिक २ गते , आईतबार

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो हप्ता

sajilo news
परिवेश मिडिया
२०८३ आश्विन २२ गते , विहीबार
एमालेको राष्ट्रिय भेला मंसिर पहिलो हप्ता

काठमाण्डौ । नेकपा एमालेले आगामी मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।

पार्टी सचिव महेश बस्नेतका अनुसार तल्लो तहको भेला सम्पन्न गरेर मंसिर पहिलो हप्ता राष्ट्रिय कार्यकर्ता भेला काठमाडौंमा गर्ने निर्णय आजको बैठकले गरेको छ ।

‘मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेलाको रुपमा हामी भेला गर्छौं,’ स्थायी कमिटी बैठकपछि उनले भने ।

भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिसहित सङ्घ, प्रदेश, पालिकाका जनप्रतिनिधि उपस्थित हुने बस्नेतको भनाइ छ ।

मंसिर २६ गते वडा र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय भएको उनले बताए । नगर र वडा अधिवेशनपछि प्रदेशस्तरीय भेला गर्ने निर्णय भएको बताए । बैठक भोलि पनि दिउँसो १ बजे बस्ने उनको भनाइ छ । आजको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी थिइन्। उनले वरिष्ठ नेताको शपथ पनि लिइन् ।

सम्बन्धित समाचार