२०८३ आश्विन १६ गते , शुक्रबार

भारतीय नक्कली नोटसहित दुई जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८३ आश्विन १५ गते , विहीबार
भारतीय नक्कली नोटसहित दुई जना पक्राउ

बिर्तामोड । भारतीय नक्कली नोटसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको छ । प्रहरीले भारतको किसनगंज जिल्ला खनियाबाद वडा नं. ३ फतेपुर बस्ने वर्ष २५ को अब्दुल माजिद र सोही ठाउँका वर्ष २६ को रुवेद आलमलाई पक्राउ गरेको हो । 
बुधबार (हिजो) बेलुका ५ बजे दमक नगरपालिका वडा नं. ६ स्थित देवकोटा चोकमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले शंका लागि बीआर३७जे२७०८ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट नक्कली भारतीय ५०० दरका ७० थान नोट फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी रन्जन अवार्डले जानकारी दिए ।  बरामद गरिएको र उक्त नोटहरूमध्ये अधिकांशको नम्बर दोहोरिएको पाइएकाले नक्कली भएको शंका लागि बरामदित ७० थान नोटहरूलाई चेकजाँचका लागि नेपाल राष्ट्र बैंक  विराटनगर पठाइकोमा परीक्षणका क्रममा ती सबै नोटहरू नक्कली रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

उक्त बरामदित नक्कली नोटसहित नियन्त्रणमा लिइएका दुवै जना व्यक्तिहरूको सम्बन्धमा मुद्रा सम्बन्धिको कसुरमा जिल्ला अदालत झापामा पेश गरी दिन ५ दिन म्याद प्राप्त गरी अनुसन्धान कार्य भईरहेको व्यहोरा जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

सम्बन्धित समाचार