२०८३ आश्विन १४ गते , बुधबार

बुद्धशान्तिका अव्यवस्थित बसोबासीले पाए लालपुर्जा

sajilo news
परिवेश मिडिया
२०८३ आश्विन १३ गते , मंगलबार
बुद्धशान्तिका अव्यवस्थित बसोबासीले पाए लालपुर्जा

बिर्तामोड । भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापाले बुद्धशान्ति गाउँपालिकाका अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरेको छ । समितिले बुद्धशान्ति वडा नम्बर ४ का २६ परिवारलाई लालपूर्जा वितरण गरेको हो ।

बुद्धशान्ति वडा नम्बर ४ स्थित शान्तिनगर १ ‘ज’ को नक्साबाट २६ अव्यवस्थित बसोबासी परिवारलाई आज औपचारिक रूपमा लालपुर्जा वितरण गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

भूमि समस्या समाधान समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल र बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले संयुक्त रूपमा लाभान्वितहरूलाई लालपुर्जा हस्तान्तरण गरेका हुन् । आज वितरण गरिएको लालपुर्जा अन्तर्गत कुल २ बिघा ६ कठ्ठा ८ धुर जमिन औपचारिक रूपमा बसोबासीहरूको नाममा कायम गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पोखरेलले सरकारको नीति अनुरूप पहिलो प्राथमिकता भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने रहेको स्पष्ट पारे । उनले बुद्धशान्ति गाउँपालिकामा आवेदन दिएका ३१ भूमिहीन दलित परिवार र १४८ भूमिहीन सुकुम्बासी परिवारको प्रमाणीकरणको कार्य अझै सम्पन्न भइनसकेका कारण पहिलो चरणमा अव्यवस्थित बसोबासीहरूलाई मात्र लालपुर्जा वितरण गरिएको जानकारी दिए । ।

साथै, भूमिहीन दलित तथा सुकुम्बासीहरूको प्रमाणीकरणको सम्पूर्ण प्रक्रिया पूरा हुनासाथ उनीहरूलाई पनि तुरुन्तै लालपुर्जा वितरण गरिने जानकारी गराए ।

सम्बन्धित समाचार