२०८३ आश्विन १६ गते , शुक्रबार

बामपन्थी नेता बस्नेतको निधनप्रति दुःख व्यक्त

sajilo news
परिवेश मिडिया
२०८३ आश्विन १५ गते , विहीबार
बामपन्थी नेता बस्नेतको निधनप्रति दुःख व्यक्त

झापा । नेकपा एमालेका तर्फबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित घनेन्द्र बस्नेतको निधन भएको छ । क्यान्सरका कारण उनको बुधबार निधन भएको हो ।
बस्नेत २०४८ सालमा एमालेका तर्फबाट संखुवासभा क्षेत्र नं. २ बाट उम्मेदवार भई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०५६ सालमा भोजपुर क्षेत्र नं. १ बाट एमालेकै उम्मेदवार भई पुनः प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
झापा आन्दोलनका क्रममा राजबन्दीका रूपमा उनले १७ वर्षसम्म गोलघरसहित कारागारमा कठोर कैदी जीवन बिताएका थिए ।
भोजपुरको कुलुङ काम्लेटार निवासी बस्नेतले राजनीतिक तथा सामाजिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेका थिए । उनको निधनप्रति विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रबाट दुःख व्यक्त गर्दै उनको सङ्घर्ष, त्याग र योगदानको स्मरण गरिएको छ।
उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।
हाल उनकी श्रीमती मिश्री बस्नेत  बिर्तामोड नगरपालिका वडा नम्बर ४ पौरखी टोल विकास संस्था रोड नम्बर–३ मा स्थायी बसोबास गर्दै आएकी छन् ।

सम्बन्धित समाचार