२०८३ आश्विन १५ गते , विहीबार

जेनजी प्रदर्शनकारीलाई थुनामुक्त गर्न सिफारिस

sajilo news
परिवेश मिडिया
२०८३ आश्विन १४ गते , बुधबार
जेनजी प्रदर्शनकारीलाई थुनामुक्त गर्न सिफारिस

बिर्तामोड । प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले कारागार तथा हिरासतको अवस्था अध्ययन गरेर सुझाव सहितको प्रतिवेदन बुझाएको छ । बुधबार उपसमितिले नीतिगत र कानुनी सुझाव तथा सिफारिस सहितको प्रतिवेदन बुझाएको हो ।

उपसमितिले जेनजी आन्दोलनमा सहभागीहरूको मुद्दा फिर्ता लिएर कारागारबाट थुनामुक्त गर्न सिफारिस गरेको छ । २०८२ भदौमा भएको जेनजी आन्दोलनका क्रममा पुर्पक्षका लागि थुनामा रहेकाहरू मध्ये गम्भीर अपराधमा संलग्न बाहेक अरूको मुद्दा फिर्ता लिएर थुनामुक्त गर्न उपसमितिले सिफारिस गरेको हो । सिफारिसबारे समितिले छलफल पछि सरकारलाई निर्देशन दिनेबारे निर्णय लिनेछ ।

सम्बन्धित समाचार