सञ्चारकर्मी देवेन्द्र प्रसाई सम्मानित
बिर्तामोड । सञ्चारकर्मी देवेन्द्र प्रसाई सम्मानित भएका छन् । प्रसाई ट्रस्ट कल्याण कोष झापाले बाह्रौं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनको अवसरमा प्रसाईलाई सम्मान गरेको हो ।
झापामा रहेर लामो समयदेखि निष्पक्ष पत्रकारिता गरेको भन्दै प्रसाईलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
अधिवेशनबाट नयाँ समिति चयन गरिएको छ । नेत्रप्रसाद प्रसाईको अध्यक्षतामा उपाध्यक्ष जयकुमार प्रसाई, सचिव दिपेश प्रसाई, सहसचिव इन्द्रमणि प्रसाई, कोषाध्यक्ष रामचन्द्र प्रसाईँ चयन भएका छन् ।
कार्यक्रम इन्द्रप्रसाद प्रसाईको अध्यक्षतामा प्रसाई ट्रस्ट कल्याण कोषका पूर्व केन्द्रीय अध्यक्ष टिकाप्रसाद प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रसाई ट्रस्ट कल्याण कोषकी कोषाध्यक्ष बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाई त्यस्तैगरी केन्द्रीय सदस्यहरु राजकुमार प्रसाई, रमेश प्रसाई, अग्निप्रसाद प्रसाई, प्रा. डा. गंगाप्रसाद प्रसाई, वंशावली आयोगका सदस्य गङ्गाराज प्रसाई, नारायण प्रसाई अनुसन्धान विभागका निर्देशक धनुषाका तुलसी प्रसाई लगायतको आतिथ्यता रहेको थियो ।
उपाध्यक्ष जयकुमार प्रसाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन निवर्तमान सचिव नेत्र प्रसाईंले गरेका थिए ।