२०८३ आश्विन १२ गते , सोमबार

देउवा पक्षको सभापति बन्न ३० हजार उम्मेदवारी शुल्क, अरूको कति ?

sajilo news
परिवेश मिडिया
२०८३ आश्विन ११ गते , आईतबार
देउवा पक्षको सभापति बन्न ३० हजार उम्मेदवारी शुल्क, अरूको कति ?

बिर्तामोड । देउवा पक्षको महाधिवेशन आयोजक समितिले उम्मेदवार बन्नका लागि लाग्ने शुल्क निर्धारण गरेको छ ।
केन्द्रीय निर्वाचन समितिले बनाएको ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०८३’ मा वडा सदस्यदेखि केन्द्रीय सभापतिसम्म उम्मेदवार बन्न शुल्क निर्धारण गरेको हो ।
आन्तरिक प्रतिस्पर्धालाई थप व्यवस्थित र संस्थागत गर्न भन्दै निर्देशिकामै शुल्क निर्धारण गरिएको समितिले जनाएको छ । निर्देशिकाको अनुसूची २५ अनुसार, वडादेखि केन्द्रसम्मका विभिन्न पदहरूमा प्रतिस्पर्धा गर्न चाहने उम्मेदवारहरूले निश्चित शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
निर्देशिकामा वडा कार्यसमितिको सभापतिका लागि २५० रुपैयाँ, उपसभापति, सचिव र सहसचिवका लागि १५० रुपैयाँ र सदस्यका लागि ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । प्रदेश सभा क्षेत्रीय प्रतिनिधिका लागि २५० रुपैयाँ निर्धारण गरिएको छ ।
गाउँपालिका कार्यसमिति सभापतिका लागि १ हजार रुपैयाँ, उपसभापति,सचिव र सहसचिवका लागि पाँच सय रुपैयाँ र सदस्यका लागि २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
नगरपालिका कार्यसमिति सभापतिका लागि दुई हजार रुपैयाँ, उपसभापति र सचिवका लागि १ हजार ५०० रुपैयाँ, सहसचिवका लागि एक हजार रुपैयाँ र सदस्यका लागि पाँच सय रुपैयाँ निर्धारण गरिएको छ ।
महानगर र उपमहानगर कार्यसमिति सभापतिका लागि दुई हजार पाँच सय रुपैयाँ, उपसभापति र सचिवका लागि एक हजार पाँच सय रुपैयाँ, सहसचिव र सदस्यका लागि एक हजार रुपैयाँ तोकिएको छ ।
प्रदेश सभा क्षेत्रीय कार्यसमिति सभापतिका लागि दुई हजार पाँच सय रुपैयाँ, उपसभापति र सचिवका लागि एकहजार पाँच सय रुपैयाँ र सहसचिव र सदस्यका लागि एक हजार रुपैयाँ, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति सभापतिका लागि तीन हजार पाँच सय रुपैयाँ, उपसभापति र सचिवका लागि दुई हजार पाँच सय रुपैयाँ, सहसचिवका लागि दुई हजार रुपैयाँ र सदस्यका लागि एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।
त्यस्तै प्रदेश सभा क्षेत्रीय प्रतिनिधिका लागि ५००, प्रदेश महाधिवेशन प्रतिनिधिका लागि एक हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि दुई हजार पाँच सय र केन्द्रीय महासमिति सदस्यका लागि तीन हजार रुपैयाँ तोकिएको छ ।
जिल्ला कार्यसमिति सभापतिका लागि पाँच हजार रुपैयाँ, उपसभापति र सचिवका लागि तीन हजार पाँच सय रुपैयाँ, सहसचिवका लागि तीन हजार रुपैयाँ र सदस्यका लागि एक हजार पाँच सय रुपैयाँ तोकिएको छ ।
प्रदेश कार्यसमिति सभापतिका लागि दश हजार रुपैयाँ, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि छ हजार रुपैयाँ र सदस्यका लागि तीन हजार रुपैयाँ तोकिएको छ ।
केन्द्रीय कार्यसमिति सभापतिका लागि तीस हजार रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि पच्चीस हजार रुपैयाँ, सहमहामन्त्रीका लागि बीस हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि दश हजार रुपैयाँ शुल्क तोकिएको छ ।

सम्बन्धित समाचार