२०८३ आश्विन २ गते , शुक्रबार

पूर्वेली ढुवानी सेवाद्वारा चार जना सम्मानित

sajilo news
परिवेश मिडिया
२०८३ आश्विन १ गते , विहीबार
पूर्वेली ढुवानी सेवाद्वारा चार जना सम्मानित

बिर्तामोड । झापाको बिर्तामोडस्थित पूर्वेली ढुवानी सेवा प्रालिले उत्कृष्ट चालकसहित चार जनालाई सम्मान गरेको छ। आज विश्वकर्मा पूजाको अवसरमा कम्पनीले उनीहरूलाई नगदसहित सम्मान गरेको हो।
स्थापनाकाल देखि कार्यरत चालक सुबास प्रसाईलाई नगद २१ हजार सहित सम्मान गरिएको थियो भने उत्कृष्ट चालकको रूपमा नगद ३१ हजारसहित नरेश मगर सम्मानित भए । यस क्षेत्रको पुराना चालक अभिभावकको रुपमा नगद ११ हजार र दोसल्ला ओडाएर तेजप्रसाद कडरियालाई सम्मान गरिएको थियो । त्यस्तै इमान्दार सहचालकको रुपमा नगद ५ हजार सहित सुजन हेम्बियालाई सम्मान गरिएको थियो । उनीहरूलाई कम्पनीका अध्यक्ष निर्मलराज खत्री र प्रमुख अतिथी बिर्तामोड नगरपालिकाका उप प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सम्मान गरेका थिए ।
कपनीले चालक र चालकको परिवार बिरामी हुँदा सहयोग गर्ने उद्धेश्यले स्टाफ इमर्जेन्सी फण्ड स्थापना गर्ने, उनीहरूका सन्ततीलाई शैक्षिकवृत्ति प्रदान गर्ने जस्ता कल्याणकारी कार्यक्रम शुरुवात गरिने अध्यक्ष निर्मलराज खत्रीले जानकारी दिए । उनले हरेक महिना उत्कृष्ट चालकलाई ड्राइभर अफ द मन्थ घोषणा गरी पुरस्कृत गरिने बताए ।
कार्यक्रमकै बीच बोनम्यारो रोगबाट पीडित बिर्तामोड ६ निवासी साइमन हस्दालाई नगद ११ हजार सहयोग हस्तान्तरण गरिएको थियो । अध्यक्ष खत्रीले बिरामी हस्दाको आफन्त टीका हस्दालाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा मेची ट्रान्सपोर्ट एसोसिएसन झापाका उपाध्यक्ष देवराज तामाङ, सचिव पदम श्रेष्ठ, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य गणेश पोखरेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका निमित्त कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक दिनेश खत्री, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

सम्बन्धित समाचार