२०८३ आश्विन १ गते , विहीबार

मृत्यु दर बढेपछि झापामा जेईको खोप अभियान चलाइँदै

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र ३१ गते , बुधबार
मृत्यु दर बढेपछि झापामा जेईको खोप अभियान चलाइँदै

बिर्तामोड जापानीज इन्सेफलाइटिस (जेई)का कारण मृत्यु दर बढेपछि झापामा खोप अभियान सञ्चालन गरिँदैछ असोज गतेदेखि १५ गतेसम्म जेई विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको हो

आज झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालको सभाहलमा पत्रकार सम्मेलन गरि जिल्ला स्वास्थ्य कार्यालय झापाले खोप अभियान बारे जानकारी गराएको हो

जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासका अनुसार भदौ ३० गतेसम्मको तथ्याङ्क अनुसार झापामा जापानीज इन्सेफलाइटिसबाट संक्रमित १३ जना मध्ये जनाको मृत्यु भएको जानकारी दिए मृतक मध्ये जना बर्षको बाँकी ५० बर्षमाथिको रहेको पाइएको उनले बताए मृतकहरुले जेईको खोप लगाएको नपाइएको उनको भनाई

झापाको १५ वटै पालिकाका ३० बर्ष माथिकाहरुलाई खोप लगाइने कार्यालयले जनाएको गर्भवती, एलर्जी भएकाहरु, ज्वरो आएकाहरु बाहेकले खोप लगाउन मिल्ने विश्व स्वास्थ्य संगठनकी प्रतिनिधी डा. संगिता साहले जानकारी दिइन् खोप अत्यन्त सुरक्षित रहेको यसको कुनै साइड इफेक्ट नरहेकोसमेत उनले बताइन्

झापामा पहिलो पटक अभियान सञ्चालन गर्न लागिएकाले लक्षित सम्पूर्ण उमेर समूहका मानिसलाई खोप लगाएर सुरक्षित रहन कार्यालय प्रमुख दासले आग्रह गरे

अभियानका लागि ५७०००० डोज खोप आइसकेको कार्यालयले जनाएको कार्यालयका अनुसार अभियानको अधिकांश तयारी पूरा भइसकेको

 

सम्बन्धित समाचार