‘हाम्रो खबरपाटी’ नवौं वर्षमा प्रवेश
बिर्तामोड । झापाको मेचीनगरस्थित कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन समाचार पोर्टल हाम्रो खबरपाटी डटकम आज असोज १ गतेदेखि स्थापनाको आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ ।
सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषणलाई प्राथमिकतामा राख्दै आएको हाम्रो खबरपाटीले नवौं वर्ष प्रवेशको अवसरमा आफ्ना सहकर्मी, सञ्चारकर्मी, पाठक, विज्ञापनदाता तथा सम्पूर्ण शुभचिन्तकप्रति आभार व्यक्त गरेको छ ।
नवौं वर्षमा अझ सशक्त र जिम्मेवार पत्रकारितामार्फत जनताको आवाज बुलन्द गर्ने प्रतिबद्धता संस्थाले जनाएको छ ।
सम्पादक त्रिलोचन गौतमले नवौं वर्षको यात्रालाई संस्थाका लागि थप जिम्मेवारी र चुनौतीको अवसरका रूपमा लिँदै आगामी दिनमा पनि सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको मूल्यमान्यतालाई केन्द्रमा राखेर अघि बढ्ने बताएका छन् । बदलिँदो प्रविधिको प्रयोग संगै जिम्मेवार सञ्चारकर्म पहिलो प्राथमिकता रहेको बताउँदै सम्पादक गौतमले भने स्थापनाकालदेखि नै हामी ब्रेकिङ्गमा नभई सत्य तथ्य र निष्पक्ष रूपमा सामाग्री पस्किने जमर्को गरेको बताए ।