२०८३ भाद्र ३१ गते , बुधबार
पानीको बहाब बढेपछि सप्तकोशी व्यारेजको २१ ढोका खोलियो
झापा । सप्तकोशी ब्यारेजको जल सतह केही दिन यताकै उच्च भएको छ । कोशी परियोजनाका अनुसार बेलुकी ६:१५ बजे एक लाख ७१ हजार ७१५ क्युसेक पानी मापन भएको छ ।
जल सतह बढेपछि ब्यारेजका २१ ढोका खोलिएको छ । भारी सवारी साधनलाई पालैपालो आवतजावत गर्न दिइएको जिल्ला ट्राफिक कार्यालय सुनसरीले जनाएको छ ।
विभिन्न पहाडी जिल्लाबाट सप्तकोशीमा समाहित हुने नदीहरुको बहाव बढेका कारण जल सतह उच्च भएको परियोजनाले उल्लेख गरेको छ ।