२०८३ कार्तिक २७ गते , शुक्रबार

तिहारपछि सुनको मूल्यमा १२ हजार गिरावट

sajilo news
परिवेश मिडिया
२०८३ कार्तिक २७ गते , शुक्रबार
तिहारपछि सुनको मूल्यमा १२ हजार गिरावट

बिर्तामोड । तिहारपछि सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि एकैपटक शुक्रबार मूल्य समायोजन गरेको हो । यसरी अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन हुँदा तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको हो ।
महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ तोकेको छ । यसअघि सोमबार २ लाख ८४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ तोलामा १५५ रुपैयाँ घटेको छ । सोमबार प्रतितोला ३ हजार ८५५ रुपैयाँ रहेको चाँदी आज ३ हजार ७ सय रुपैयाँमा झरेको छ।

सम्बन्धित समाचार