२०८३ भाद्र १६ गते , मंगलबार

बिर्तामोडको फोहोर उठाउँदै केबीए

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र १५ गते , सोमबार
बिर्तामोडको फोहोर उठाउँदै केबीए

बिर्तामोड केहि दिनदेखि फोहोर संकलन हुन छाडेको बिर्तामोडमा फेरी फोहोर संकलन शुरु गरिएको फोहोर व्यवस्थापनका लागि खोलिएको कनकाई बिर्ता अर्जुन (केबीए) नवीकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनी लि.ले फोहोरमैला संकलन सुरु गरेको हो

यस अघि काठमाण्डौको कागेश्वरी मनहरामा दर्ता रहेको निराकार सरसफाई सेवा प्रालिले उठाउँदै आएको बिर्तामोडको फोहोर केबीएले संकलन सुरु गरेको हो कनकाई, बिर्तामोड अर्जुनधारा नगरपालिकाको फोहोरलाई व्यवस्थापन गरी त्यसबाट आर्थिक उपार्जनसमेत गर्ने उद्धेश्यले पालिकाहरुको समेत लगानीमा स्थापित केबीएले आफै फोहोर संकलन सुरु गरेको बिर्तामोड वडा नम्बर का जनप्रतिनिधीसमेत रहेका केबीएका फोकल पर्सन उमेश राउतले जानकारी दिए सो कम्पनीमा बिर्तामोड नगरपालिकाको करोड ५४ लाख, कनकाई नगरपालिकाको करोड ३६ लाख ८३ हजार दुई सय अर्जुनधारा नगरपालिकाको करोड ३९ लाख रुपैँया लगानी रहेको

१६ करोड ६४ लाख लागत अनुमानमा २०७६ वैशाख गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले कनकाई सुकेडाँगीमा शिलन्यास गरेको कम्पनीमा विश्व वैंकको करोड ८९ लाख लगानी रहेको सो कम्पनीमा सर्वसाधारणको समेत लगानी रहेको  

पालिकाहरुकै लगानीमा फोहोर व्यवस्थापनका लागि कम्पनी स्थापना गरेर फोहोर व्यवस्थापनको जिम्मा निजी कम्पनी निराकार सरसफाई सेवा प्रालिलाई दिएको भन्दै बिर्तामोड नगरपालिकाको आलोचना भइरहेको थियो तत्कालिन बिर्तामोड नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले २०७८ जेठ ३१ गते निराकारका प्रतिनिधी रविन भट्टराईसँग बर्षका लागि सम्झौता गरेको थियो सम्झौतामा फोहोर व्यवस्थापनका लागि फोहोर फ्याँक्ने ल्याण्डफिल्ड साइड पालिकाले व्यवस्थापन गर्नुपर्ने संकलन ढुवानीको काम मात्र निराकारले गर्ने उल्लेख थियो पछिल्लो समय पालिकाले ल्याण्डफिल्ड साइड व्यवस्थापन गर्न कठिनाई भोगिरहेको थियो बिर्तामोड नगरपालिका वडा नम्बर का वडाध्यक्ष सूर्य कन्दङ्वाको संयोजकत्वमा पालिकाले समिति नै गठन गरेपनि समितिले जग्गा व्यवस्थापन गर्न सकिरहेको थिएन

केबिएले कुहिने नकुहिने फोहोर छुट्याएर उठाउने गरेको फोकल पर्सन राउतले बताए हामीले स्रोतबाट नै कुहिने नकुहिने फोहोर छुट्याएर लैजाने भएकाले सोहि अनुसार छुट्याएर राख्न हामी अनुरोध गर्दछौँ, उनले भने कुहिने नकुहिने फोहोर ढुवानी गर्न अलग अलग गाडीको प्रयोग गरिरहेको उनले जानकारी दिए बिर्तामोडमा केहि समयदेखि धेरै फोहोर संकलन भएर दुर्गन्धित बन्ने अवस्था आएकोले भोलिदेखि ढुवानीका साधन बढाउने उनले बताए बिर्तामोडसँगै कनकाईको समेत गत विहीबारदेखि केबीएले फोहोर संकलनको कार्य सुरु गरेको राउतको भनाई

ल्याण्डफिल्ड साइट व्यवस्थापनमा कठिनाई भएपछि फोहोर केबीएले संकलन सुरु गरेको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिए निराकारले सेवाग्राहीबाट शुल्क उठाइसकेकाले हाललाई निराकारसँगै मिलेर केबीएले फोहोर संकलन गर्ने उनले बताए लामो समयदेखि उठ्न बाँकी फोहोर संकलन सुरु भएकाले केहिदिन भित्रै उठिसक्ने नियमित फोहोर संकलन हुने उनले बताए

 

 

 

 

सम्बन्धित समाचार