२०८३ भाद्र १२ गते , शुक्रबार

रसुवाको बाढीमा परेर झापाका १२ जना बेपत्ता (नामावलीसहित)

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र १२ गते , शुक्रबार
रसुवाको बाढीमा परेर झापाका १२ जना बेपत्ता (नामावलीसहित)

केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण झापाका १२ जना मानिस बेपत्ता भएका छन् । बेपत्ता हुनेहरू मध्ये आठ जना सोही स्थानको विभिन्न प्रोजेक्टमा काम गर्दै आएको, एक जना चालक रहेको र बाँकी तीन जना होटल व्यवसायमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेहरूमा मेचीनगर ६ काँकरभिटाका दीपक खरेल, कन्काई नगरपालिका ३ नयाँ बस्तीका घनश्याम भट्टराई, इलाम माई नगरपालिका ६ का विनोद राई, शिवसताक्षी नगरपालिका २ का भक्तबहादुर राई, गौरीगञ्ज गाउँपालिका वडा नम्बर ३ का चुड्का टुडु, दमक नगरपालिका १० सेतुमारीका देवलाल मुर्मु सतार, गौरीगंज गाउँपालिका वडा नम्बर ३ ठेकिटोलाका केवलनाथ आचार्य, सप्तरी कन्चनरुप नगरपालिका वडा नम्बर ८ का नवीन श्रेष्ठ, कन्काई नगरपालिका २ का लक्ष्मण गुरुङ, बुद्धशान्ति गाउँपालिका २ का राजकुमार दियाली, श्रुति दियाली र श्रीराज दियाली रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दियालीको परिवार रसुवा स्याप्रुबेसी बजारमा सुनको व्यवसाय गर्दै आएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रन्जन अवाले जानकारी दिए। त्यस्तै नवीन श्रेष्ठ ट्रक चालक रहेको र रसुवाको टिमुरेस्थित होटलमा बसेको प्रहरीले जानकारी दिएको छ भने अन्य मानिसहरु रसुवाको विभिन्न हाइड्रोपावर कम्पनीहरूमा कार्यरत रहेको बताइएको छ। 

सम्बन्धित समाचार