२०८३ भाद्र १ गते , सोमबार

ट्रष्ट इन्स्योरेन्स ग्रुपले गर्यो लिडर सम्मान

sajilo news
परिवेश मिडिया
२०८३ श्रावण ३१ गते , आईतबार
ट्रष्ट इन्स्योरेन्स ग्रुपले गर्यो लिडर सम्मान

बिर्तामोड । हिमालयन लाइफ इन्स्योरन्स अन्तर्गत कार्यरत ट्रष्ट इन्स्योरेन्स ग्रुप (टीआइजी)ले लिडर सम्मान कार्यक्रम सम्पन्न गरेको छ । टीआइजीले आईतबार झापाको बिर्तामोडस्थित होटल किंग्सबरीमा 'पाँचौं डीलाइट टीआइजी लिडरशिप अवार्ड' कार्यक्रम सम्पन्न गरेको हो ।
टीआइजीले गत आर्थिक वर्षमा विभिन्न उपलब्ध हासिल गर्ने लिडरहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा ब्रोन्ज, सिल्भर, गोल्ड, रुबी, डायमण्डजस्ता विभिन्न तहका ४६ जना लिडरहरुलाई सम्मान गरेको कार्यक्रमका अध्यक्ष तथा टीआइजीका संयोजक एमडीआरटी तथा सिनियर एजेन्सी मेनेजर खिवराज दाहालले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख व्यापार अधिकृत (सीबीओ) नवीन थापाले अभिकर्ताहरूको सक्रियताका कारण कम्पनी सफलतापूर्वक अगाडि बढिरहेको बताए ।  कम्पनीलाई प्रविधिमैत्री बनाउँदै अनलाइनबाटै धेरै काम गर्न सक्ने गरी सिस्टम अपग्रेड गरिरहेको जानकारी दिए । सम्मानित सम्पूर्णलाई बधाई दिँदै सीबीओ थापाले अर्को वर्ष थप उपलब्धि हासिल गर्न शुभकामना दिए ।
कार्यक्रममा कम्पनीका चिफ एजेन्सी मेनेजर इन्द्र विश्वकर्मा, मेची बहुमुखी क्याम्पस भद्रपुरका प्राध्यापक डा. कुमार सुवेदी लगायतले शुभकामना दिएका थिए । अभिकर्ता तथा शाखा प्रमुखहरूको टोलीले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।
कम्पनीका कोशी प्रदेश प्रमुख रामबहादुर शाही, उपप्रमुख भोलाकृष्ण (नविन) मिश्र, सुरुङ्गा शाखा प्रमुख चन्द्रकला घिमिरे, धुलाबारी शाखा प्रमुख प्रमेश श्रेष्ठ, बिर्तामोड शाखा प्रमुख बद्री भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरु मध्ये गरिएको लक्की ड्रमा सिता अधिकारी र नारायण श्रेष्ठ पुरस्कृत भएका थिए । विजेतालाई डीलाइट फुडले इलेक्ट्रिक जग प्रदान गरेको थियो । सहभागीहरूले टिकटकमा पोष्ट गरेको मध्ये धेरै लाइक र शेयर प्राप्त गर्नेलाई कम्पनीले प्रेसर कुकर उपलब्ध गराउने भएको छ ।
डीलाइट फुड टाइटल स्पोन्सर रहेको कार्यक्रममा सहभागीलाई एमडीआरटी तथा सिनियर एजेन्सी मेनेजर पुष्प खड्काले स्वागत गरेका थिए भने एमडीआरटी तथा सिनियर एजेन्सी मेनेजर सागर रिजालले सञ्चालन गरेका थिए । 

सम्बन्धित समाचार