२०८३ श्रावण २३ गते , शनिबार
विद्यार्थीलाई लक्षित गरी ग्यास वितरण गर्न मन्त्रीको निर्देशन
काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले टेकुस्थित ग्यास वितरण डिपोको अनुगमन गरेकी छिन्। शनिबार अनुगमनका क्रममा मन्त्री यादवले कीर्तिपुर क्षेत्रमा बस्ने विद्यार्थीहरूलाई लक्षित गरी ग्यास वितरण गर्न निर्देशन दिएकीहुन् ।
कीर्तिपुर शैक्षिक केन्द्र भएकाले त्यहाँ धेरै विद्यार्थीहरू डेरा गरी बस्ने र उनीहरूलाई ग्यासको अभाव हुन नदिन मन्त्रीले सबै ग्यास वितरक कम्पनीहरूलाई सचेत गराएकीछन् । उपभोक्ताको गुनासो र बजारको अवस्था बुझ्न मन्त्री आफैँ डिपो पुगेकी उनको सचिवालयले जनाएको छ ।