२०८३ श्रावण २० गते , बुधबार
नेपाल लाईफको फिक्कल शाखाको भेला सम्पन्न
इलाम । नेपाल राष्ट्रिय बिमा अभिकर्ता संघ अन्तरगत नेपाल लाइफ बीमाको फिक्कल शाखाको भेला सम्पन्न भएको छ ।
भुपाल निरौलाको अध्यक्षतामा ११ सदस्यीय शाखा समिति निर्माण गरिएको छ । समितिको उपाध्यक्षमा अम्बिका प्रसाद आचार्य, सचिवमा बुद्दवीर लामा, सहसचिवमा शालिकराम पौडेल र कोषाध्यक्ष गितादेबी कट्टेल चयन भएका छन् ।
भेलामा उपस्थित अभिकर्ताहरुले बिमा कम्पनिहरुले बोनस घटाएर बिमितको हितमाथी कुठाराघात गरेको भन्दै आपत्ति जनाएका थिए ।
केन्द्रीय उपाध्यक्ष सिपि कडरियाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा राष्ट्रिय समिती सचिव श्रीप्रसाद सिटौला, नेपाल लाईफ विमकका केन्द्रिय उपाध्यक्ष तेजमणि प्रसाईं, सचिव तेज तिवारीलगायतको उपस्थिति रहेको थियो ।