२०८३ श्रावण २० गते , बुधबार
इलाममा खोल्साले बगाएर बालकको मृत्यु
झापा । इलामको माइजोगमाई गाउँपालिका २, जोगमाईमा स्कुलबाट घर फर्किरहेका बालकलाई बाढीले बगाउँदा मृत्यु भएको छ । खोल्मेस्थित लेप्चा परिवारमा मावलीघरमा बस्दै आएका बालक आहान खत्रीको मृत्यु भएको हो । दाङ घर भएक उनी आफ्नी आमासँग मावलीघरमा बस्दै आएका थिए भने बुबा वैदेशिक रोजगारीमा रहेको जनाइएको छ ।
जोगमाई भ्याली बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत उनी स्कुल छुट्टी भएपछि मामाघर फर्कदै गर्दा स्थानीय बजुर खोलो (खोल्सो)मा आएको बाढीले बगाएको थियो । खोल्साले बगाएर उनलाई जोगमाईसँग मिसिएको ठाउँछेउमै पुर्याएको माइजोगमाई २ का वडाध्यक्ष डम्बर सुवेदीले जानकारी दिए ।