२०८३ श्रावण १९ गते , मंगलबार

नेपाल लाईफको चन्द्रगढी र काकरभिट्टा शाखामा नयाँ समिति चयन

sajilo news
परिवेश मिडिया
२०८३ श्रावण १८ गते , सोमबार
नेपाल लाईफको चन्द्रगढी र काकरभिट्टा शाखामा नयाँ समिति चयन

बिर्तामोड । नेपाल राष्ट्रिय बिमा अभिकर्ता संघ अन्तरगत नेपाल लाईफ बिमकको चन्द्रगढी र काकरभिट्टा शाखामा नयाँ समिति चयन भएको छ ।
बुद्धि खरेलको अध्यक्षतामा चन्द्रगढी शाखा समिति गठित भएको छ । १५ सदस्यीय समितिको उपाध्यक्ष नीता दङ्गाल, सचिवमा गणेश गुप्ता, सह-सचिवमा शर्मिला अधिकारी चयन भएका छन् ।
त्यस्तै रिता खवासको अध्यक्षतामा काँकरभिट्टामा नया समिति चयन भएको छ । समितिको उपाध्यक्षमा भुमा देवि आङ्ग्देम्बे, सचिवमा लक्ष्मी पौडेल आचार्य, सह-सचिवमा टिकाराम रिजाल र कोषाध्यक्षमा बिमला राई रहेको ७ जनाको शाखा समिति  चयन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख अतिथी नेपाल राष्ट्रिय बिमा अभिकर्ता संघका राष्ट्रिय उपाध्यक्ष सीपी कडरियाले बच्चाको बिमा पोलिसीमा तय गरिएको शर्तहरू मनासिव नभएको, कम्तिमा बर्षमा एकपल्ट लेट पृमियम फाईनमा सतप्रतिशत छुट सुबिधाको ब्यवस्था गरिनु पर्ने धारणा राखे ।
बिमाको पहुँच ग्रामीण भेगसम्म पुर्याउनुपर्ने दायित्व राज्यको भएपनि राज्यले बेवास्ता गरिरहेको कडरियाले आरोप लगाए ।
निर्जिवन बिमा सेवा सर्बसाधारणको पहुचमा अझै पनि पुग्न नसकेकोलेले यसलाई जनमैत्री बनाउन नियामक निकायले विशेष प्याकेज ल्याउनु पर्ने, अभिकर्ताहरुको दर्ज्यानी, पदोन्नती लगायतका सवालहरु बिमा समितिले नै नियमावली तथा कार्यविधि निर्माण गरि तय गर्नु पर्ने उनले माग राखे ।
कार्यक्रममा नेपाल राष्ट्रिय बिमा अभिकर्ता संघ बिमक नेपाल लाइफमा केन्द्रीय उपाध्यक्ष तेजमणी प्रसाईं, केन्द्रीय सचिव
तेज प्रसाद तिवारी केन्द्रीय सचिव लगायतको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार