२०८३ श्रावण १७ गते , आईतबार
मिस नेपाल वर्ल्डको ताज दीपमालालाई
बिर्तामोड । यस वर्षको मिस नेपाल वर्ल्डको ताज दीपमाला ढकालले जितेकी छन् ।
शनिबार भएको मिस नेपालको ग्राण्ड फिनालेमा उनले उक्त ताज जितेकी हुन् ।
यस्तै मिस नेपाल इन्टरनेसनलको उपाधि आर्या निशान्तले जितिन् भने मिस नेपाल कज्मो काशिश सुब्बा बनिन् । नेपालको सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल द हिडन ट्रेजरले गरेको हो ।